राजनीति


सांसदबाट रवि निलम्बित, संसद् सचिवालयले निकाल्यो सूचना

सांसदबाट रवि निलम्बित, संसद् सचिवालयले निकाल्यो सूचना

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८१ सोमबार १८:३५, काठमाडौँ

संसद् सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको सूचना टाँस गरेको छ। 

केही बेरअघि सचिवालयले रविको सांसद पद स्वतः निलम्बन भएको जानकारी दिएको हो।

आइतबार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको तीनवटा मुद्दा दायर गरेको थियो।

निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई आइतबार नै जानकारी गराएको थियो। 

तर रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसदहरु सोविता गौतम र गणेश अर्यालले सभामुख घिमिरेलाई सोमबार भेटेर रविलाई निलम्बन नगर्न आग्रह गरेका थिए।

जवाफमा घिमिरेले कानुन नियमहरु हेरेर, विधिबमोजिम नै नोटिस निकाल्ने वा ननिकाल्ने निर्णय गर्ने बताएका थिए। 

रास्वपाले यसविरुद्ध अदालत जाने तयारी गरेको छ।

यस्तो छ पत्र


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad