राजनीति


आजदेखि रास्वपाको प्रदेश अधिवेशन

बागमतीको अधिवेशन उद्घाटन सभापति लामिछानेले गर्ने
आजदेखि रास्वपाको प्रदेश अधिवेशन

नेपालखबर
जेठ २६, २०८३ मंगलबार ७:४५, काठमाडौँ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ।

वडा, पालिका र जिल्लाको अधिवेशनपछि प्रदेश अधिवेशन गर्न लागिएको रास्वपाले जनाएको छ।  

तर, विवादको कारण केही जिल्लामा भने रास्वपाको जिल्ला अधिवेशन नै हुन सकेको छैन। रास्वपाले गएको शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशन गर्ने तालिका थियो।

आज (जेठ २६) देखि आगामी असार १ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रास्वपाले बनाएको छ।

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ। 

बागमतीको अधिवेशन रविले उद्घाटन गर्ने

बागमती प्रदेशको अधिवेशन मंगलबार बिहान हेटौँडामा हुँदैछ।

बागमती अधिवेशनको उद्‍घान पार्टी सभापति रवि लामिछानेले गर्ने तयारी छ। सभापति लामिछानेले बागमतीको अधिवेशन उद्घाटन गरेपछि अन्य प्रदेशको अधिवेशन सुरु हुने रास्वपाले जनाएको छ।

अधिवेशनका लागि केन्द्रीय तहका नेताहरू विभिन्न प्रदेशमा पुगेका छन्। 

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगमी असार ६ र ७ गते चितवनमा गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad