नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औं महाधिवेशनको तयारी गरिरहँदा सांसद नारायण खड्काले अझै तीन वर्ष धकेल्ने प्रस्ताव गरेका छन्। शुक्रबार पार्टी संसदीय दलको बैठकमा खड्काले पार्टी महाधिवेशन आम निर्वाचनपछि मात्रै गर्न प्रस्ताव गरेका हुन्।
कांग्रेसको विधानअनुसार हरेक चार/चार वर्षमा पार्टी महाधिवेशन हुनुपर्नेछ। यसअनुसार ०८२ मा पार्टी महाधिवेशन हुनुपर्ने हो। तर नेताहरूले यसलाई धकेल्न प्रस्ताव गरेका हुन्।
'पार्टीको महाधिवेशनको पछि सारौँ भनेर नारायण खड्काले भन्नु भयो,' प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालखबरसँग भने।
216
Shares

प्रतिक्रिया