सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले यही वर्ष कृतिम बौधिकता (एआई)बारेको नीति ल्याउने दाबी गरेका छन्।
बिहीबार आठौँ चेम्बर एक्सपोलाई सम्बोधन गर्दै यस्तो उनले यसको ऐन पनि बनाउने बताए। ‘दक्षिण एसियामा नेपाल एआईमा सबैभन्दा पछि हो,’ गुरुङले भने, ‘यो वर्ष हामी एआईको नीति दिइसक्छौँ। त्यसपछि हामी ऐन पनि बनाउँछौँ।’
उनले एआई अनुसन्धान केन्द्र बनाउने समेत जानकारी दिए। फरक प्रसंगमा मन्त्री गुरुङले राष्ट्रिय अर्थतन्त्रमा प्रविधि क्षेत्रको ५ प्रतिशत योगदान पुर्याउनेगरि काम गर्ने बताए।
उनले भने, ‘जीडीपीमा आईटी क्षेत्रको योगादन ५ प्रतिशत पुर्याउने उदेश्यले सरकारले काम गर्छ।’
27
Shares

प्रतिक्रिया