खेल


नेदरल्यान्ड्सविरुद्ध टस जितेर बलिङ आक्रमणमा नेपाली महिला टोली

नेदरल्यान्ड्सविरुद्ध टस जितेर बलिङ आक्रमणमा नेपाली महिला टोली

दुई विकेट गुमाएको नेदरल्यान्ड्स २० रन बनाएर खेलिरहेको छ (क्यान)


नेपालखबर
माघ १७, २०८१ बिहिबार १२:३४, काठमाडौँ

नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राई सिरिजमा नेपाली महिला टोलीले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ।

त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा जारी खेलको पहिलो ओभरको दोस्रो बलमै कविता कुँवरले नेदरल्यान्ड्सको फेबे मकनबोअरको पहिलो विकेट लिएकी छिन्। उक्त ओभरमा कविताले ३ रन मात्र खर्चिइन्। 

दोस्रो ओभर बलिङमा आएकी पूजा महतोले अन्तिम बलमा बबिती डी लिडको विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा परेको छ। पूजाले ६ रन खर्चिइन्। 

दुई विकेट गुमाएको नेदरल्यान्ड्स २० रन बनाएर खेलिरहेको छ। 

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिममा रुबिना छेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय, कविता जोशी, एलिशा यादव र ईश्वरी विष्ट छन्। 

त्यस्तै बबिती डी लिडको कप्तानीमा खेलिरहेको नेदरल्यान्ड्सको टिममा फेबे मकनबोअर, स्टेरी क्यालिस, रोबिन रिजकी, फ्रेडरिक ओभरडिज्क, आइरिस ज्विलिङ, सिल्भर सिजर्स, हिथर सिजर्स, क्यारोलिन डी ल्यांग, एभा लिन्च र हना ल्यान्डहिअर रहेका छन्। 

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad