राजनीति


माधव नेपालको टिप्पणी : अहिलेको सरकार गफमा निकै अगाडि, परिणाममा निकै पछाडि

माधव नेपालको टिप्पणी : अहिलेको सरकार गफमा निकै अगाडि, परिणाममा निकै पछाडि

नेपालखबर
माघ १५, २०८१ मंगलबार १५:५३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन्।

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताए।

वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाइ छ।

उनले भने, ‘यो सरकारको कामबाट उहाँहरु निराश हुनुहुन्छ। जनता निराश छन्। जनतामा कुनै आशा जाग्न सकेको छैन। परिणाममुखि कुनै काम हुन सकेको छैन। वर्तमान सरकार गफमा निकै अगाडि र परिणामा निकै पछाडि छ। यो स्थिति भएको हुनाले वास्तवमा मानिसहरुमा विकल्पको खोजि जारी छ।’

मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उनले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गरे।

अध्यक्ष नेपालले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए। प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने उनको भनाई थियो।

नेता नेपालले भने, ‘हामी २०८४ को कुरा गरिरहेका छौं। ८४ को चुनावको शिलशिलामा जनताको माझमा प्रत्येक पार्टीहरु, समाजवादी अभियानका अभियान्ताहरु अगाडि बढ्नुपर्ने आवश्यकता छ। हामीले दशौं महाधिवेशन सम्पन्न गरेर वैज्ञानिक समाजवादको कार्यक्रम अगाडि सारेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad