कारोबार


सामसङले घटायो ग्यालेक्सी एस २४ र जेडफोल्ड शृंखलाका स्मार्टफोनको मूल्य

सामसङले घटायो ग्यालेक्सी एस २४ र जेडफोल्ड शृंखलाका स्मार्टफोनको मूल्य

नेपालखबर
माघ १५, २०८१ मंगलबार १५:५४, काठमाडौँ

सामसङ नेपालले ग्यालेक्सी एस २४ र जेटफोल्ड शृंखलाका स्मार्टफोनको मूल्य घटाएको छ।

कम्पनीले यी स्मार्टफोनमा प्राइस ड्रप तथा बोनस फ्रि गिफ्ट रहेको अफरमार्फत अझ सुलभ मूल्यमा बजारमा उपलब्ध गराएको जनाएको छ।

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) प्रियजनहरुलाई गिफ्टको रुपमा खरिद गर्न चाहने ग्राहकहरुले सो खरिदमा २५ हजार रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। 

यस प्राइस ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५ हजार ४९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५ हजार ४९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

योसँगै जेडफोल्ड ६–१२/५१२ जीबी पहिले २ लाख ४९ हजार ९९९ रुपैयाँ पर्नेमा अब २ लाख २९ हजार ९९९ रुपैयाँ, जेडफोल्ड ६–१२/२५६ जीबीलाई २ लाख ३४ हजार ९९९ पर्नेमा अब २ लाख १४ हजार ९९९ रुपैयाँ पर्नेछ। त्यसैगरी जेडफ्लिप ६–१२/२५६ जीबी १ लाख ५४ हजार ९९९ पर्नेमा अब १ लाख ३९ हजार ९९९ रुपैयाँ र एस२४ अल्ट्रा–१२/२५६ जीबीलाई १ लाख ८४ हजार ९९९ पर्नेमा अब १ लाख ५९ हजार ९९९ रुपैयाँ पर्नेछ। 

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र ० प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा केबल आफ्नो नागरिकता आवश्यक पर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad