राजनीति


ड्रोनको लडाइँ सुरु भइसक्यो, हामी खुकुरीले जितिन्छ भनेर बसेका छौं : सञ्चारमन्त्री

ड्रोनको लडाइँ सुरु भइसक्यो, हामी खुकुरीले जितिन्छ भनेर बसेका छौं : सञ्चारमन्त्री

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८१ आइतबार १५:१०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ड्रोनको लडाइँ सुरु भइसक्दा पनि नेपालीहरु भने खुकुरीले जितिन्छ भन्ने भ्रमममा बसेको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा ‘एक स्थानीय तह, एक हुलाक’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पुराना ऐन र कानुनकै कारणले सञ्चार मन्त्रालयले परिणाम देखिने गरि काम गर्न नसकेको दाबी गरे।

सूचना र प्रविधिको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसक्दा पनि हामी र ऐन र कानुनमा अल्झिदा मुलुकको समृद्धि र सुशासन कायम गर्न नसकिएको उनको भनाइ छ।

‘हामीले किन काम गर्न नसेको भन्दाखेरि यस्तै पुराना पुराना ऐन र कानुनले गर्दा हो,’ गुरुङले भने, ‘अब पुराना पुराना खुकुरीले लडाइँ लड्न सकिन्छ? ड्रोनको लडाइँ सुरु भइसक्यो। सूचना र प्रविधिमा संसार कहाँ पुगिसक्यो हामी चाहीँ पुरानै खुकुरीले लडाई जित्न सक्छौं भनेर बसेका छौं।’

उलने अघि भने, ‘पहिलेको बहादुरी सम्झेर अब चाहीँ विकास हुन्न। हामी ठिक उल्टो गरिरहेका छौं। पहिले संरचना बनाउने अनि नीति बनाउने काम भयो। राम्रो काम त हो तर उल्टो भएको छ। यसले हामी फरि समस्यामा पर्छौं।’

मन्त्री गुरुङले सबै स्थानीय तहहरुमा हुलाक सेवा पुग्नु आफैमा ठूलो उपलब्धी भएको उल्लेख गर्दै प्रभावकारी ढंगले काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए।

अबको पाँच वर्षभित्र सबै हुलाक कार्यालयहरुको भौतिक संरचना बनाउने गरी काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad