कारोबार


१० अंकले घटे पनि ९ अर्ब बढीको सेयर किनबेच, यी हुन् शीर्ष ५ कारोबार

१० अंकले घटे पनि ९ अर्ब बढीको सेयर किनबेच, यी हुन् शीर्ष ५ कारोबार

नेपालखबर
माघ १३, २०८१ आइतबार १५:१३, काठमाडौँ

सेयरबजारमा साताको पहिलो कारोबार दिन नै गिरावट देखिएको छ। 

बजार परिसूचक नेप्से १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा रोकिएको हो। 

यस दिन १ करोड ५७ लाख बढी कित्ता सेयर बिक्री हुँदा ९ अर्ब १२ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस कारोबारमा ११६ वटा सेयर बढ्दा १२१ वटाको मूल्य घटेको र ६ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाखको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ४२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड ८७ लाख, सिन्धु विकास बैंकको २९ करोड २० लाख र सीईडीबी होल्डिङको २५ करोड ५६ लाखको सेयर किनबेच भएको छ। 

बढेकामा भने उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले क्रमशः ४१३.२० र ७६.३० रुपैयाँ प्रतिकित्ता आम्दानी गर्न सफल भएका छन्। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १९१, आरम्भ चौतारी लघुवित्तका सेयरधनीले १०१.१० र सिक्लेस हाइड्रोपावरका सेयरधनीले प्रतिकित्ता ८६.६० रुपैयाँ आम्दानी गरेका छन्। 

पहिलो कारोबार दिन ४ कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। नेप्सेका अनुसार बोटलर्स नेपाल (बालाजु), एनआईसी एसिया डिबेन्चर, डोल्टी पावर र जानकी फाइनान्सको सेयर १० प्रतिशतले घटेको हो। योसँगै यी सेयरका धनीहरुले क्रमशः प्रतिकित्ता १९००.५०, ११९.८०, ९९.५० र ४७.१० रुपैयाँ गुमाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad