राजनीति


अध्यादेशप्रति आपत्ति जनाउँदै प्रचण्डले भनेः सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैन

अध्यादेशप्रति आपत्ति जनाउँदै प्रचण्डले भनेः सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैन

नेपालखबर
माघ १, २०८१ मंगलबार १२:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेश ल्याएकामा गम्भीर आपत्ति जनाएका छन्। 

मंगलबार बिहान प्रेस सेन्टर सिन्धुपाल्चोकले सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सदन सामना गर्ने नैतिक साहस नभएका कारण केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको टिप्पणी गरे। 

यसले वर्तमान सरकार सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार भएको प्रमाणित भएको जिकिर प्रचण्डले गरे। 

‘सरकार उल्टो दिशामा छ। संवैधानिक परिषद्‌मा बहुमतको प्रयास, सदन बोलाउन सरकारले ढिला गरेर अध्यादेशबाट शासन गर्ने काम गरेको छ’, उनले भने, ‘अध्यादेश किन भने ऊसँग सदन फेस गर्ने नैतिक साहस छैन। यसले सरकार कमजोर सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ। सदन चाँडो बोलाइयोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad