राजनीति


कांग्रेस-एमाले गठबन्धनविरुद्ध प्रचण्डको टिप्पणीः दुई ठूला दल दिनको उज्यालोमा मिलेको भए पनि हुन्थ्यो

‘साँचो कुरा जनताले थाहा पाउलान् भनेर रातको १२ बजे सम्झौता गर्नुभयो’
कांग्रेस-एमाले गठबन्धनविरुद्ध प्रचण्डको टिप्पणीः दुई ठूला दल दिनको उज्यालोमा मिलेको भए पनि हुन्थ्यो

नेपालखबर
माघ १, २०८१ मंगलबार ११:५२, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार ‘असंवैधानिक’ भएको आरोप लगाएका छन्। 

प्रेस सेन्टर सिन्धुपाल्चोकको आयोजनामा आज बिहान सुकुटेमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसद्‌मा सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका दलका नेताको नेतृत्वमा सरकारमा बन्नुपर्ने थियो पनि भने।

‘हाम्रो पार्टीले यो गठबन्धनलाई अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेको छ। दुई ठूला दल दिनको उज्यालोमा मिलेको भए पनि हुन्थ्यो। साँचो कुरा जनताले थाहा पाउलान् भनेर रातको १२ बजे सम्झौता गर्नुभयो’, उनले भने, ‘७६ को धारा २ अनुसार सरकार विश्वासको मत लिन असफल हुँदा धारा ३ मा जाने छ भनेर किटेर भनिएको छ, मैले विश्वासको मत पाइनँ, नेपाली कांग्रेसका दलका नेताको नेतृत्वमा सरकारमा बन्नुपर्दथ्यो।’

वर्तमान सरकार राष्ट्रपतिलाई दबाब दिएर बनाइएको जिकिर पनि प्रचण्डले गरे। 

‘राष्ट्रपतिमाथि दबाब दिएर धर्मसंकटमा पारेर असंवैधानिक सरकार बनाइयो। भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ पहिलो र दोस्रो पार्टी सामान्यत: मिल्दैनन्। यो गठबन्धन त्यसरी बन्यो’, उनले भने, ‘हाम्रो पार्टी सरकार गिराउने पक्षमा छैन। अहिले नै सरकारमा जाने पक्षमा छैन। हामी संगठन सुदृढीकरणमा लागेका छौँ। जनतामा जान सहज महसुस गरेको छु। तर पनि यो सरकार रहिरहोस् भन्ने चाहना हुँदैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad