झापा जिल्लाका तीन वटा पालिकाले सोमबार एकै खालको सूचना जारी गरेका थिए, भक्का दिवस कोलागि सार्वजनिक बिदा। झापा, मोरङ र सुनसरी जिल्लामा भक्का खाने चलन छ।
आठ वर्षदेखि झापा जिल्लामा भक्का महोत्सव तथा भक्का दिवस मनाउने क्रम सुरुवात भएको हो। यही दिवसलाई सहयोग पुग्ने गरी भद्रपुर नगरपालिका, हल्दिवारी र कचनकवल गाउँपालिकाले भक्का दिवसको अवसरमा भन्दै सार्वजनिक बिदा दिएका थिए।
‘कुनै एक खाना परिकारको दिवसमा स्थानीय सार्वजनिक बिदा दिनु उपयुक्त नभएको भन्दै स्थानीय सरकारले दिएको सार्वजनिक बिदाको विरोध समेत हुने गरेको छ। भक्का भनेको कुनै एउटा खानाको परिकार भएकोले सामान्य रूपमा लिनु पर्ने झापाका पत्रकार विनोद पाण्डेले उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तिलको लड्डु, खिचडी, ढिँडो लगायतका खानाको दिवस भनेर कार्यक्रम आयोजना हुन थाल्यो भने बिदा दिने की नदिने ?’
दिवस मनाउने, भव्य रूपमा कार्यक्रम गर्ने तर सार्वजनिक बिदा दिनु नहुने तर्क उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
Shares

प्रतिक्रिया