ad ad

राजनीति


विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन रोक, यथास्थानमै रहन आग्रह

विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन रोक, यथास्थानमै रहन आग्रह

नेपालखबर
चैत ६, २०७६ बिहिबार १२:१७,

 सरकारले विदेशमा रहेका नेपालीलाई तत्कालकालका लागि नेपाल फर्कनमा राेक लगाएकाे छ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारी स्वरुप सरकारले विदेशमा रहेका नागरिकलाई यथास्थानमै रहन आग्रह गरेको हो।

बिहीबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीलाई तत्काल स्वेदेश फर्कने बाटो बन्द भएको बताएका हुन्।

 ‘विश्व स्वास्थ्य संगठनका अनुसार यतिबेला संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहिर निस्कन मिल्दैन’, सचिव बिडारीले भने, ‘जहाँ हुनुहुन्छ त्यही बस्नुहोस्, बिरामी भए त्यहिँ उपचार हुन्, प्रतिबन्ध खुला भएपछि स्वदेश फर्कनुहोला।’

सरकारले बुधबार युरोपका सबै मुलुकहरु, दश्चिम एशियालगातय खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई’ २० मार्च मध्य रातिदेखी १५ अप्रिलसम्म लागूहुने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सचिव बिडारीले शुक्रबार रातिबाट हवाइ मार्गबाट नेपाल आउन नपाइने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .