‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ।
एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो। यो सुविधा मोबाईल बैकिङ एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन्।
देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत बैंकले ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।
साथै बैंकले एबीबीएस, एसएमएस मोबाइल बैंकिङ, सी–आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।
प्रतिक्रिया