राजनीति


पृथ्वी जयन्ती मनाउन शीर्ष नेतालाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदा गर्नुपर्ने अवस्था छ: लिङ्देन

पृथ्वी जयन्ती मनाउन शीर्ष नेतालाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदा गर्नुपर्ने अवस्था छ: लिङ्देन

नेपालखबर
पुस २५, २०८१ बिहिबार १७:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती मनाउन शीर्ष राजनीतिक दलहरुसँग सौदाबाजी गर्नुपर्ने अवस्था रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘नेपाल र नेपालीको पहिचानमा पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले क्यालेण्डरमा लेखाइएको भएपनि सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक गर्ने हिम्मत समेत गर्न नसकेको भन्दै आक्रोस व्यक्त गरे।

‘हामीले पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रुपमा मनाउने र पृथ्वीनारायण शाहलाई आदर्श पुरुषको रुपमा मान्ने कुरामा कुनै हिनतावोध गर्नु हुँदैन,’ उनले भने, ‘यो देशका मगर, गुरुङ, लिम्बूदेखि सबै जातजातिको योगदान रहेको छ। हाम्रो त्यस बेलाको लिम्बुवान, किराँत राज्य नेपाल एकीकरणमा समावेश नभएको भए अहिले त्यहाँ लिम्बुको छुट्टै राज्य भइराख्थ्यो त? हामी त्यहाँको राजा भइरहन्थ्यौं त? यसरि जुन प्रकारले एकीकरणमाथि प्रश्न उठाउने कामहरु भइरहेको छ, यसबाट सबै समुदाय सचेत रहनुपर्दछ। होसियार रहनुपर्छ र त्यसको प्रतिवाद गर्नुपर्छ।’

लिङ्देनले थपे, ‘अहिले नेपाल भन्ने देश नभएको भए आज जुम्लाको ज्ञानेन्द्र शाही र राजेन्द्र लिङदेन कसरी जोडिन्थ्यौं होला? रामचन्द्र पौडेल कुन देशको राष्ट्रपति हुनुहुन्थ्यो होला। केपी शर्मा ओली कुन देशको प्रधानमन्त्री हुनुहुन्थ्यो होला? शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो। छैटौं र सातौं पटक कुन देशको प्रधानमन्त्री हुन्छु भनेर प्रखेर बसिरहनुभएको हुन्थ्यो होला? तर उहाँहरु नै पृथ्वी जयन्ती मनाउनका लागि हामीले तपाईलाई प्रधानमन्त्री बनाइदिन्छौं तर पृथ्वीजयन्ती मनाउनुपर्छ भनेर सौदाबाजी गर्नुपर्ने अवस्था छ। क्यालेण्डरमा त लेख्न लगाइयो तर आज सरकारले पृथ्वी जयन्तीका अवसरमा एउटा सार्वजनिक कार्यक्रम राख्ने हिम्मतसम्म गर्दैन। यस्तो हिनतावोधबाध गर्ने व्यक्तिहरुबाट देशको संरक्षण कसरि हुनसक्छ।’

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad