नेकपा माओवादी केन्द्रका नेता मनहरि तिमिल्सेनाले पार्टी नेताहरू जेन–जीसँग सिक्न तयार हुनुपर्ने बताएका छन्।
माओवादीको जारी केन्द्रीय समिति बैठकमा सुझाव दिँदै केन्द्रीय सदस्य तिमिल्सेनाले यस्तो सुझाव दिएका हुन्।
बैठकमा नौ बुँदे प्रस्ताव पेश गर्दै उनले भने, ‘जेन जी पुस्तासँग अन्तरक्रिया गर्ने, उनीहरूबाट सिक्ने, कार्यक्रम र नेतृत्व विकासमा जोडौँ।’
तिमिल्सेनाले २०८४ सम्म सरकारमा नजान र विकल्पसहितको प्रतिपक्षको भूमिका खेल्न पनि नेतृत्वलाई सुझाव दिएका छन्।
327
Shares

प्रतिक्रिया