राजनीति


चर्चामा आएका सबै भ्रष्टाचार काण्डहरूको छानबिन गर्न एमालेको सरकारलाई ध्यानाकर्षण

चर्चामा आएका सबै भ्रष्टाचार काण्डहरूको छानबिन गर्न एमालेको सरकारलाई ध्यानाकर्षण

नेपालखबर
पुस २३, २०८१ मंगलबार १६:५६, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार सुरु भएर मंगलबार समापन भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको विशेष प्रस्तावमा यस्तो आग्रह गरिएको छ। 

‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले सुरु गरेका कदमहरू सकारात्मक छन्,’ प्रस्तावमा भनिएको  छ, ‘यो बैठक भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधनस्रोतले युक्त बनाउन, भ्रष्टाचारका विरूद्ध सामाजिक जागरण वृद्धि गर्न, सहकारी अनियमिततामा बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्न, मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचार भएको भनी चर्चामा रहेका सबै प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुऱ्याउन सरकारको ध्यानाकर्षण गर्दछ। र, आफ्नो पङ्क्तिमा सदाचार, स्वच्छता र पारदर्शिता सुनिश्चित गर्ने गराउने दृढ संकल्प गर्दछ।’

एमालेले विभिन्न १४ वटा समसामयिक प्रस्तावहरू पारित गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad