नेकपा (एमाले) बाट निष्काशित नेता भीम रावलले एमालेमा फर्कने सम्भावना अस्वीकार गरेका छन्।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले एमालेमै फर्कने सम्भावनाबारे सोधेको प्रश्नमा रावलले एउटा लघुकथा सुनाए।
रावलले भने, ‘हाम्रो गाउँघरतिर सुनाइने एउटा कथा भन्छु। पहिले पहिले चेली (छोरी) लाई विवाह गरेर धेरै टाढा पठाउँथे। कैयौँ खोला तरेर जानुपर्थ्यो। पुल हुँदैनथ्यो। बाआमालाई छोडेर टाढा जानुपर्दा छोरी धेरै रुन्थिन्। बाउआमा पनि रुन्थे। अनि सोध्थिन्– बाबा आमा म अब कहिले आउने भनेर। अनि बाआमाले पनि यसलाई आशामा राख्नुपर्छ भनेर ‘ऊ त्यो लेकको उन्यू जहिले फूल्छ, त्यही दिन तिमि आउनू।’
रावलले एमालेमा आफू फर्कने प्रशंगबारे बिट मार्दै भने, ‘न उन्यू फूल्यो, न त बाउआमाले बोलाए।’
1.3k
Shares

प्रतिक्रिया