समाज


संवैधानिक नियुक्ति विवाद फेरि ‘हेर्न नभ्याइने’मा, न्यायाधीश-निवेदक सवालजवाफ

संवैधानिक नियुक्ति विवाद फेरि ‘हेर्न नभ्याइने’मा, न्यायाधीश-निवेदक सवालजवाफ

नेपालखबर
पुस १७, २०८१ बुधबार १६:१९, काठमाडौँ

तत्कालीन केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी विवाद आज पनि ‘हेर्न नभ्याइने’ भएको छ।

२०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी चढेको भए पनि अन्य मुद्दाको चापका कारण समयाभावमा ‘हेर्न नभ्याइने’ सूचीमा चढाइएको हो।

आज (बुधबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासमा पेसी चढेको थियो। 

इजलास सुरु हुनै लाग्दा रिट निवेदकहरू आज सुनुवाइको पालो आउँछ कि आउँदैन भनेर जानकारी लिन पुगेका थिए। त्यसबेला उनीहरूलाई इजलासबाट ‘पालो आउन पनि सक्छ’ भन्ने जवाफ दिइएको थियो।

त्यसै क्रममा निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीश फुयालले यो विवाद हेर्न मिल्ने हो कि होइन भनेर पनि जिज्ञासा राखेका थिए। जवाफमा न्यायाधीश फुयालले ‘तथ्यमा प्रवेश गरेपछि थाहा हुने’ बताएका थिए।

यसअघि फुयाललेसंवैधानिक इजलासमा चलिरहेको सुनुवाइ रोक्न एकल इजलासबाट अन्तरिम आदेश दिँदा आलोचना भएको थियो।

अर्को पेसी माघ २ गते तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad