नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।
एमालेको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निकालिएका नेता रावलले आज (बुधबार) पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने भनी आक्रोश पोखेका हुन्।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र!’
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।
162
Shares

प्रतिक्रिया