श्रीलंकाको लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ।
आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले नेपालीलाई श्रीलंकाको आवासीय र माल्दिभ्सको लागि गैरआवासीय राजदूततमा अनुमोदन गरेको हो ।
बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको जानकारी दिइन्। सरकारले गत मंसिर १६ गते नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूतमा उनको नाम सिफारिस गरेको थियो।
समितिले राज्यका कुनैपनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेको छ। समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएको छ।
Shares

प्रतिक्रिया