समाज


राक्सिराङमा बोलेरो दुर्घटना, एकजना गम्भीर घाइते

राक्सिराङमा बोलेरो दुर्घटना, एकजना गम्भीर घाइते

सांकेतिक तस्बिर


नेपालखबर
पुस १४, २०८१ आइतबार १६:६, हेटौंडा

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चाक्ले बगरस्थित भित्री सडक खण्डमा बोलेरो पिकअप गाडि दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो २ः३० बजेतिरको समयमा मनहरीबाट राक्सिराङ हुँदै कैलाश जाँदै गरेको बोलेरो गाडि दुर्घटनामा परेको हो।

सुप्र०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप गाडीको ब्रेक फेल भई सडकबाट करिब ३–४ मिटर तल खस्दा उक्त दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त बोलेरो गाडीमा ८ जना सवार थिए। तीमध्ये एक जना, हाल नामथर र वतन नखुलेको करिब ३५/४० वर्षीय पुरुष गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि मनहरीतर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य यात्रुहरू भने सकुशल रहेको जनाइएको छ। बोलेरो पिकअप घटनास्थलमै रहेको छ भने चालक भने दुर्घटनापछि फरार भएका छन्। 

चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad