राजनीति


भारत र चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति भएको हो भने यो हेप्ने कुरा भयोः गोकुल बाँस्कोटा

भारत र चीनबीच लिपुलेक प्रयोग गर्ने सहमति भएको हो भने यो हेप्ने कुरा भयोः गोकुल बाँस्कोटा

फाइल तस्बिर: नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा


नेपालखबर
पुस ११, २०८१ बिहिबार ११:२, काठमाडौँ

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाले भारत र चीनले नेपाललाई नसोधी लिपुलेक प्रयोग गर्ने सहमति गरेकोप्रति आपत्ति जनाएका छन्।

भर्खरै भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई तीर्थयात्रु आवतजावतको केन्द्र बनाउने सहमति भएको खबर सार्वजनिक भएको थियो। 

भारतको विदेश मन्त्रालयले जनाएअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश-मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको हो। 

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिको ६ नम्बर बुँदामा यस्तो लेखिएको छ–

उक्त कुरा साँचो हो भने नेपाललाई हेप्ने र मिच्ने कुरा भएको टिप्पणी पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले गरेका हुन्। 

‘शक्ति र स्वार्थको सामु सम्बन्धको बर्लिनवाल सजिलै ढल्दो रहेछ। लिपुलेक भारत  र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो’, बाँस्कोटाले लेखेका छन्, ‘हात्तीहरु जुध्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनुपर्ने? सम्प्रभुता साना-ठूला सबै देशको बराबर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad