हङकङमा यात्रुहरू चढिसकेपछि पनि रेलको ढोका खुलै राख्ने रेलका एक क्याप्टेनलाई एमटीआर कर्पोरेसनले निलम्बन गरेको छ।
बुधबार बिहान शातिन स्टेसनबाट उत्तरतर्फ जाने पूर्वी रेल लाइनमा क्याप्टेनले यात्रु चढ्नका लागि प्लेटफर्म साइड ढोकाहरू खोलिदिए तर नियमित जाँचपछि अर्को छेउका ढोका बन्द नभएको बारे जानकारी राखेनन्।
सुरक्षा प्रणालीले समस्या पत्ता लगायो र रेललाई चल्नबाट रोक्यो। अनि मात्र क्याप्टेनले ढोका बन्द गरे। प्रणालीले समस्या देखाएपछि स्टेसनका कर्मचारीले पनि क्याप्टेनलाई जानकारी गराएका थिए।
यसपछि रेलभित्र रहेका झन्डै सय जना यात्रुलाई अर्को रेल चढ्न लगाउँदै सुरक्षा जाँच गरिएको थियो।
यो घटना बुधबार बिहान साढे बजेतिर घटेको थियो। क्याप्टेनको असावधानीका कारण यात्रुमा पर्न गएको असुविधाप्रित रेल कम्पनी एमीआर कर्पले माफी समेत मागेको छ।
‘एमटीआर कर्प घटनाको बारेमा धेरै चिन्तित छ र यात्रुहरूलाई भएको असुविधाको लागि माफी चाहन्छ,’ कम्पनीले भनेको छ।
साथै, घटनाबारे दुई हप्तामा अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेस गर्न एमटीआरलाई अधिकारीहरूले आदेश दिएका छन्। (एससीएमपी)
Shares

प्रतिक्रिया