राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालखबर
असार १, २०८३ सोमबार ७:५०, काठमाडौँ

संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ। 

सोमबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८३ को विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची छ। 

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा सांसदहरूको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची पनि राखिएको छ। 

बैठकको सुरुमा सभामुखले प्रतिनिधि सभाअन्तर्गतका विभिन्न विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। 

त्यसैगरी समितिहरूको पुनर्गठनपछि विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत रूपमा छलफल हुनेछ।

आज ९ वटा मन्त्रालयको बजेट शीर्षकमाथि समूहकृत रूपमा छलफल हुने संसद् सचिवालयले जनाएको छ। 

जसमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन्। यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि पनि सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची छ।

हेर्नुहोस् आजको बैठकका सम्भावित कार्यसूची 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad