खेल


एनपीएलको फाइनलमा पुग्न जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

एनपीएलको फाइनलमा पुग्न जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

नेपालखबर
पुस ४, २०८१ बिहिबार १४:४, काठमाडौँ

नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न जनकपुर बोल्ट्सलाई कर्णाली याक्सले ११९ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका लागि गुल्सन झाले बनाएको २५ रन नै  सर्वाधिक रह्यो। २० बलमा १ चौका र २ छक्का प्रहार गरेका गुल्सन मोहम्मद मोहसिनको बलमा बोल्ड आउट भए। 

ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका देव जिम्मी निसमको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए। 

अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष थाकेरबाट क्याच आउट हुन पुगे। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के। चान्डविक वाल्टन ११ रन बनाउँदा हर्ष ठाकेरको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए। 

कप्तान सोमपाल कामी ५ रन बनाउँदै शेर मल्लको बलमा मोहम्मद मोहसिनको हातबाट क्याच आउट भए। अर्जुन घर्ती २ रनमा रनआउट हुन पुगे। 

जनकपुरका लागि ललित राजवंशी, मोहम्मद मोहसिन र जिम्मी निसमले समान २ विकेट लिए। शेर मल्ल र हर्ष थाकेरले समान एक विकेट झारे।  

जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेलिरहेकाे हो। 

कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad