राजनीति


संविधान संशोधनबारे एकीकृत समाजवादीले बनायो कार्यदल

संविधान संशोधनबारे एकीकृत समाजवादीले बनायो कार्यदल

नेपालखबर
पुस २, २०८१ मंगलबार १७:२०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले संविधान संशोधनबारे अहिले चर्चा चलेको भन्दै त्यसबारे सुझाव दिन ७ सदस्यीय कार्यदल गठन गरेको छ।

मंगलबार सकिएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। 

कार्यदलको सदस्यहरुमा  गरिमा साह, बलदेव चौधरी, गणेश बिक, रामचन्द्र यादव, धनप्रसाद गौतम र राजन राई रहेका छन्। 


‘नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सम्बन्धी आजको आवश्यता, औचित्य, यसमा संशोधन गर्नुपरेकामा संशोधन गनुपर्ने विभिन्न पक्षका बारेमा अध्ययनका लागि सुझाव कार्यदल गठन गर्ने गठन गरेको छ,’ खतिवडाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad