ad ad

राजनीति


कांग्रेस संकटतर्फ, नेतृत्व परिवर्तनबिना आकर्षण संभव छैनः प्रकाशमान सिंह

कांग्रेस संकटतर्फ, नेतृत्व परिवर्तनबिना आकर्षण संभव छैनः प्रकाशमान सिंह

नेपालखबर
चैत ४, २०७६ मंगलबार ८:१०,

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पछिल्लो समय नेपाली कांग्रेस संकटतर्फ उन्मुख भएको बताएका छन्।

‘कांग्रेसको भुमिका प्रभावकारी हुन नसकेको भन्ने चौतर्फी चिन्ता रहेको र पार्टी क्राइसिसमा रहेको सत्य भएकाले अब पार्टीकाे भुमिका कसरी प्रभावकारी बनाउनेबारे सबैले सोच्ने बेला आएको छ,’ सिंहले मंगलबार काठमाडौ महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित वडाअध्यक्ष तथा सदस्यहरु र पार्टिका क्षेत्रीय सभापतिहरु सँगको छलफलमा सो कुरा व्यक्त गरेका हुन्।

पार्टी बिधि–बिधानअनुसार नचलेका कारण संकटको अवस्थामा पुगेको बताएका हुन्।

‘बर्तमान सरकारको काम गराईबाट जन्ता सरकारको पक्षमा नभए पनि कांग्रेसको गतिविधि देखेर कांग्रेसको पक्षमा उभिन सकेका छैनन,’ उनले भने।

सतारुढ दलका गतिविधिबाट आजित हुँदा पनि कांग्रेस नेतृत्वको असफलताका कारण जनता कांग्रेसप्रति आकर्षित हुन नसक्नु दुखद बताउँदै सि‌हले पार्टीमा नेतृत्व परिवर्तनबिना कांग्रेसप्रति जनताको आकर्षण नबढ्ने बताए।

सिंहले कोरनाका नाउँमा कालोबजारी र अभावले जनजीवन आक्रान्त हुँदासमेत सरकारले बजारमा हस्तक्षेपकारी भुमिका देखाउन नसकेको आरोप लगाएका थिए।

उनले काठमाडौ महानगरपालिकाको काम गराई चित्त बुझदो हुन नसकेकाले टुलुटुलु हेरेर बस्नेभन्दा पनि सशक्त भुमिका देखाउन समेत छलफलमा सहभागी जनप्रतिनिधिलाई निर्देशन दिएका थिए।

छलफलमा काठमाडौ महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मेयरले आफूहरुलाइ असहयोग गरेको, बजेट बिनियोजनमा पक्षपात गरेको र कांग्रेसका प्रतिनिधिले प्रस्तावित योजना अलपत्र पार्ने गरेको आरोप लगाएका थिए।

महानगरपािलकाका कर्मचारीले समेत आफूहरुलाई असहयोग गरेकोले पार्टिले हस्तक्षेपकारी भुमिका खेल्नका लागि आग्रह समेत गरेका थिए।

कार्यक्रममा सांसद राजेन्द्रकुमार केसी, कांग्रेसका काठमाडौ जिल्ला सभापति सबुझ बानिया, क्षेत्रीय सभापति र जन प्रतिनिधिहरुले समेत धारणा राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .