ad ad

राजनीति


कांग्रेस सांसदले भने : साग बिजेता खेलाडीलाई दिने भनेको रकम नदिनु दुर्भाग्यपूर्ण

कांग्रेस सांसदले भने : साग बिजेता खेलाडीलाई दिने भनेको रकम नदिनु दुर्भाग्यपूर्ण

नेपालखबर
चैत ४, २०७६ मंगलबार ८:१,

१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई सरकारले दिने भनेको रकम नदिएको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

घरेलु मैदानमा मंसिरमा सम्पन्न भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई दिने भनेको घोषित रकम ३ महिनाभन्दा लामो समय भइसक्दा पनि नदिएको भन्दै सासंद प्रकाश पन्थले राष्ट्रिय सभामा कुरा उठाएका छन्।

मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै कांग्रेस सासंद पन्थले प्रधानमन्त्री आफैँले बालुवाटारमा बोलाएर खेलाडीलाई सम्मान गर्दा सारा नेपालीसँगै आफूँ खुसी भए पनि घोषित रकम अहिलेसम्म नदिनु दुर्भाग्यपुर्ण भएकोे बताए।

प्रधानमन्त्री आफैँले बोलेको कुरा कार्यान्वयन गर्न नसक्नु सरकारको लाचारीपन भएको भन्दै सासंद पन्थले सरकारको ध्यानाकर्षण गराएका छन्।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ वटा पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको थियो।

सागमा व्यक्तिगत रुपमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रजतलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

यस्तै टिम इभेन्ट्समा स्वर्ण जित्नेलाई ६ लाख, रजतलाई ४ लाख र कास्य दिक जित्ने खेलाडीलाई २ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .