नेपाली कांग्रेसले भ्रातृ संस्थाहरुको निर्वाचन समयमै गर्नका लागि महादिवेशन केन्द्रीय निर्देशन समिति बनाएको छ। सभापति शेरबहादुर देउवाले आगामी चैत मसान्त भित्रमा महाधिवेशन अनिवार्य सम्पन्न गर्न तदर्थ समितिलाई समन्वय र सहगोग गर्न भन्दै छुट्टा छुट्टै महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेका हुन्।
सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति बनाइएको छ। महिला संघको निर्वाचन गराउने महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक प्रवक्ता प्रकाशशरण महत, नेपाल किसान संघमा रमेश रिजाल, भूतपूर्व सैनिक संघमा एनपी साउद, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजकको जिम्मा मोहनबहादुर बस्नेतले पाएका छन्।
यस्तै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको जिम्मा मधु आचार्यलाई, थारु संघको निर्देशन समिति संयोजकमा उदयशमशेर राणा र प्रजातन्त्र सेनानी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजकमा गोबिन्दराज पोखरेललाई तोकिएको छ।
उनीहरुको संयोजकत्वमा हरेक समिति ३/३ सदस्यीय छन्।
नेपाल महिला संघ, नेपाल तरुन दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति हेरफेर गरिएको हो।


Shares

प्रतिक्रिया