नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा हरिबोल आचार्य सर्वसहमत चयन भएका छन्। जिल्लामा क्रियाशील पत्रकारहरुले आचार्यको नेतृत्मा सबै पदमा सर्वसम्मत चयन गरेका हुन्।
महासंघका जिल्ला अध्यक्षमा चुनिएका आचार्य प्रेस चौतारीका केन्द्रीय सदस्य समेत हुन्।
जिल्ला कार्यसमितिका लागि बुधबार मनोनयको मिति तय भएको थियो। सबै पदमा तोकिए अनुसार मात्रै उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत एवम् पत्रकार महासंघ खोटाङका पूर्वअध्यक्ष दमन राईले जानकारी दिए।
उपाध्यक्षमा चिसाङ शेर्पा, महिला उपाध्यक्षमा सविना परियार अछामे, सचिवमा राजकुमार भट्टराई, समावेसी सह–सचिवमा राजन ठटाल, सह-सचिवमा मनोज आचार्य र कोषाध्यक्षमा उजुर राई चुनिएका छन्।
सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल सर्वसम्मत चयन भएका छन्।
केन्द्रीय परिषद सदस्यमा दिलीप खत्री, प्रदेश परिषद सदस्यमा केदार मगर, उत्तम चौलागाई र लोकमणी रिजाललाई चयन गरिएको छ।
जिल्लामा क्रियाशील तीन पत्राकार संगठनले सहमतिमै टुंगो लगाएका हुन्। अब प्रदेश समिति र केन्द्रीय समितिका लागि भने २८ गते निर्वाचन हुने भएको छ।
Shares

प्रतिक्रिया