राजनीति


बीआरआई नेपालको हितमा छ: प्रचण्ड

बीआरआई नेपालको हितमा छ: प्रचण्ड

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १३:३२, चितवन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन्। 

आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको दाबी गरे। 

‘हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौँ,’ प्रचण्डले भने। 

फरक प्रसङ्गमा उनले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपालको हितमा रहेको बताए। चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उनको भनाई थियो। 

 इन्डो प्यासेफिक स्ट्राटिजी (आईपीएस) र बीआरआईका सन्दर्भमा अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad