सरकारका मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीले उच्च मनोबलका साथ काम गर्न नसक्दा जनतालाई प्रभावकारी सेवा दिन नसकेको बताएका छन्।
आइतबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन्।
संविधानमा भएका हक र अधिकार तथा ऐन र कानूहरुको कार्यान्वयन गर्ने माध्यम कर्मचारीतन्त्र भएपनि कर्मचारीहरू प्रेरित, सक्षम, पारदर्शी र व्यवसायिक नभएको कारण कार्यान्वयनमा समस्या भइरहेको बताए।
जुन पद्धतिबाट कर्मचारीतन्त्र सञ्चालन गर्नुपर्ने हो त्यो पद्धतिबाट सञ्चालन गर्न नसक्दा विकृतिहरु बढ्दै गएको उनको भनाइ छ। उनले प्रदेश र संघकै कानूनहरु बाझिँदा स्वयं कर्मचारीहरूले समेत समस्या भोग्नुपरेको उल्लेख गरे।
‘कर्मचारीले उच्च मनोबलका साथ काम गर्न नसक्दा जनतालाई प्रभावकारी रुपमा सेवा दिन सकिएको छैन। त्यसकारण हामीले समितिमा भएका कानुनहरु, संविधानमा उल्लेखित हकहरु र कानूनहरुको कार्यान्वयन गर्ने टुल भनेको कर्मचारीतन्त्र नै हो’ उनले भने, जुन पद्धतिबाट सञ्चालन गर्नुपर्ने कर्मचारीतन्त्र हो त्यो पद्धत निर्माण गर्न नसक्दा विभिन्न खालका विकृतिहरु सर्जना हुन गएका छन्। जस्तो असर प्रत्यक्ष रुपमा जनतालाई पर्न गएको छ।’
उनले थपे, ‘सबैभन्दा ठूलो समस्या प्रदेशहरुले आआफ्नो हिसाबले कानुनहरु बनाउनु भयो त्यसमा सेवानिवृत्त ६० वर्षमा बनाउनुभएको छ। तर हाम्रो प्रचलित निजामति सेवा ऐनमा चाहिँ ५८ वर्ष छ। अब हामीले पेन्सनपट्टा कसरि बनाइदिने भन्ने समस्या भएको छ। अहिले २०० जना कर्मचाीले यही दुःख पाइराखेको अवस्था छ।’
कर्मचारी समायोजनको पद्धति नबन्दा धेरै कर्मचारी समायोजनमा समस्या भइरहेको उल्लेख गर्दै उनले संघीय निजामति विधेयक टुंगोमा पुगे केही सहज हुने बताए।
Shares

प्रतिक्रिया