प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ संसदको स्थायी समितिका अध्यक्ष चाओ ल चीबीच भएको छ।
प्रधानमन्त्री ओलीले चिनियाँ संसदका प्रमुख चाओ ल चीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।
मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको र त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
देउताइ त्यहाँको सरकारी अतिथिगृह हो, जहाँ प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पनि बसाइ रहेको छ।
त्यसअघि मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा द्विपक्षीय वार्ता भएको थियो। त्यस अवसरमा ९ वटा दस्तावेजमा हस्ताक्षर भएको छ।
Shares

प्रतिक्रिया