कारोबार


नेप्से १७ अंकले बढ्दा सेयरबजारमा व्यापार समूहमा उछाल, कारोबार भने २ अर्बले घट्यो

नेप्से १७ अंकले बढ्दा सेयरबजारमा व्यापार समूहमा उछाल, कारोबार भने २ अर्बले घट्यो

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १५:३१, काठमाडौँ

नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से मंगलबार १७ अंकले बढ्दा व्यापार समूहको सूचकमा उछाल देखिएको छ।

यो समूहको उपसूचक आज ५.९६ प्रतिशतले बढेको हो।

नेप्से भने आज ०.६४ प्रतिशत अर्थात् १७.८० अंकले बढेर २७७५.८५ अंकमा बन्द भएको छ।

आज कारोबार भने आज करिब २ अर्बले घटेको छ। सोमबार १० अर्बको कारोबार भएकामा आज मंगलबार ८ अर्ब ५२ करोड रुपैयाँको सेयर कारोबार भएको हो। 

लगातार बढिरहेको बजारमा मंगलबार पनि दोहोरो अंकका बृद्धि नै देखियो यसले पनि कमाउने कम्पनीको संख्या बढि देखिएको छ।

आज कारोबारमा आएका ३०७ वटा कम्पनी मध्ये १४२ वटा कम्पनीको सेयरमूल्य बढ्दा ९७ वटा कम्पनीको मूल्य घटेको छ भने ५ वटाको मूल्यमा कुनै परिवर्तन देखिएन । 

यो दिन दिव्यश्वरी हाइड्रो र ङ्ग्वा हाइड्रोको मूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको छ भने खानीखोला हाइड्रो, जोशी हाइड्रो, सुपरमादी हाइड्रो, लाइफ इन्स्योरेन्स कर्पोरेशन को मूल्यमा ९ प्रतिशत माथिको वृद्धि देखिएको हो।

यस्तै घट्नेमा भने आज अपर स्यांगे हाइड्रो ९.५१ प्रतिशतले मूल्य घटेर अगाडि देखिदा जानकी फाइनान्स ६.६९ प्रतिशतको गिरवाट सहित धेरै मूल्य गुमाउनेमा दोस्रो स्थानमा छ । 

कारोबारका आधारमा भने ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ  । मंगलबार यो कम्पनीको २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad