राजनीति


३२ सिटे म्याजिक नम्बर युगको अन्त्य हुनु पर्छ : शंकर पोखरेल

३२ सिटे म्याजिक नम्बर युगको अन्त्य हुनु पर्छ : शंकर पोखरेल

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १७:५६, काठमाडौँ

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धेरै राजनीतिक दलको होइन, बलियो दलको खाँचो भएको बताएका छन्।

बिहीबार कीर्तिपुरमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देशको विकास र समृद्धिको बाटोमा एमाले चाहिने र यसमा जनताले साथ दिने बताउँदै उनले भने- हिजो अधिकारको आन्दोलनको समय थियो। जति राजनितक दल भए पनि फरक पर्दैनथ्यो। अहिले देशलाई विकास र समृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा धेरै दल होइन, बलिया दल चाहिन्छ।

३२ सिटलाई म्याजिक नम्बर भन्दै सरकार चलाउने युगको अन्त्य हुनुपर्ने सम्बोधनका क्रममा पोखरेलले बताएका छन्।

उनले भने, ‘६/६ महिना सरकार फेर्ने होइन, स्थायी सरकार चाहिन्छ। ३२ सीटले म्याजिक नम्बर भन्दै शासन चलाउने युगको अन्त्य गर्नुपर्दछ।’

छिमेकी राष्ट्रहरू राजनीतिक स्थायित्वकै कारण आर्थिक रूपमा अघि बढेको पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad