नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरू सबैखाले ठगविरुद्ध लडिरहेको बताएका छन्।
बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले ठगहरू आफ्नै पार्टीभित्रका भएपनि घिसारेर कारवासमा पुर्याउने जिकीर गरे।
‘हामी सबैखाले ठगहरूसँग लडिरहेका छौँ, सबैखाले स्टन्टबाजहरूसँग लडिरहेका छौँ’ थापाले भने, ‘त्यो ठग चाहे कांग्रेसको रुखमुनी बसेको होस्, चाहे बल्खुमा बसेको होस्, नयाँ, पुरानो जो होस्, समय लाग्ला। तर हामी तानेर झ्यालखानामा पुर्याउँछौँ।’
उनले सहकारी ठग्ने वा मान्छेलाई विदेश पुर्याउने कसैलाई पनि नछाड्ने चेतावनी दिए।
उनले न्याय र समानताको पक्षमा बेरोजगारी र सबैखाले गलत तत्वका विरुद्धमा आफू लडिरहने प्रतिवद्धता पनि जाहेर गरे।
महामन्त्री थापाले आफूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही काम गर्न खोजेको बताउँदै कीर्तिपुरमा कांग्रेसको तर्फबाट नगर प्रमुखका उम्मेदवार कृष्णमान डंगोललाई जिताउन आग्रह पनि गरे।
साथै, उनले मौन अवधिमा निर्वाचन आयोगको आचार संहिता उल्लंघन नगर्न र अनुशासित ढंगले बस्न पनि सबैसँग आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया