राजनीति


नेपालको ऋण लिने सामर्थ्य छैन, चीनबाट अनुदान लिने हो : देउवा

नेपालको ऋण लिने सामर्थ्य छैन, चीनबाट अनुदान लिने हो : देउवा

नेपालखबर
मंसिर १०, २०८१ सोमबार १४:४१, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन्।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको स्पष्ट पारेका हुन्।

सभापति देउवाले चीन मित्र राष्ट्र भएको र किन त्यहाँ नजाने भन्दै प्रश्न गरे।

उनले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ। चीन हाम्रो मित्र राष्ट्र हो। किन नजाने त्यहाँ?’

उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad