समाज


कर्जन्हाका मेयर पासमानसहित ५ जनालाई साढे २ वर्ष कैद, ४३ लाख २० हजारका दरले रकम भराउने

कर्जन्हाका मेयर पासमानसहित ५ जनालाई साढे २ वर्ष कैद, ४३ लाख २० हजारका दरले रकम भराउने

कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमान र निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल


नेपालखबर
मंसिर १०, २०८१ सोमबार १४:५०, काठमाडौँ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासमानसहित ५ जनालाई २ वर्ष ६ महिना कैद हुने गरी विशेष अदालतले जरिवाना तोकेको छ।

यसैगरी जनही २१ लाख ६० हजार रूपैयाँ बिगो र त्यति नै जरिवाना गरी ४३ लाख २० हजारका दरले रकम भराउने फैसला पनि विशेष अदालतले गरेको छ।

न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासबाट कात्तिक २८ गते उनीहरूलाई दोषी ठहर गरेको थियो। सोही इजलासले सोमबार सजाय निर्धारण गरेको हो।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनिमियतता गरेको अभियोगसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्षको चैत १४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो, जसमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीनकुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका प्रतिनिधि वैजनाथ यादवलाई प्रतिवादी बनाइएको थियो।

उनीहरूले उक्त भवन निर्माणका क्रममा मिलेमतो गरेर १ करोड ८ लाख रुपैयाँ अनिमियतता गरेको दाबी आयोगले गरेको थियो। 

२०७४ मा भएको स्थानीय तह निर्वाचमा पासमान माओवादी केन्द्रबाट नगर प्रमुखमा विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad