स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी मारिया बेगोना गोमेज फेर्नान्देलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री निवासमा स्वास्थ्य परीक्षण गर्दा प्रधानमन्त्री सान्चेज–पत्नी फेर्नान्देमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य अधिकारीहरूले उनको स्वास्थ्य परीक्षण गरेका थिए। कोरोना भाइरस देखिए पनि उनी खतरामुक्त रहेको अधिकारीहरूको भनाइ छ।
उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसनमा राखेर उपचार गरिने समाचारमा उल्लेख गरिएको छ।
स्पेनिस सराकारले मन्त्रिपपरिषद्का सबै सदस्यको स्वास्थ्य परीक्षण गराएको थियो।
त्यस क्रममा दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियासमा संक्रमण भेटिएको छ।
यहाँ अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट सय जनाको मृत्यु भएको छ भने ५ हजार ७ सय व्यक्ति संक्रमित भएको स्पेनका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया