म्याग्दीमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङमा चट्याङले लागेर स्थानीय २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको मृत्यु भएको हो।
शनिबार राति परेको चट्याङले लागेर घाइते उनीहरूको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको म्याग्दी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया