नेपालमा न्याय प्रणालीमा धर्मकचहरी सबैभन्दा पहिलो व्यवस्था मानिन्छ।
गोरखाबाट शाहवंश नेपाल आएसँगै धर्मकचहरी पनि प्रवेश गरेको भनाइ छ।
आज आइतबार प्रकाशित भएको हिमाल साप्ताहिकमा भैरव रिसाल लेख्छन्–धर्मकचहरीको अड्डा रहेको हनुमानढोका कालभैरव अगाडिको ठाउँलाई ‘शिव कोटि लिंग’ भनिन्थ्यो।
त्यहाँ बसेर इन्साफ गर्नेले पापको डरका कारण तल माथि गर्न सक्दैनन् भन्ने विश्वास थियो।
कालभैरव अघि झगडियाका सामु मुद्दामा न्याय साक्षात्कार होस् भन्ने प्रार्थना गरी ‘लौ अब न्याय हाल्न धर्म भाक्न मञ्जुर छौँ, छैनौँ’ भनी पुजारीले सोध्ने, मञ्जुर हुनेको बूढीऔँला समातेर मूर्तिमा ढोगाइँदो रहेछ।
धार्मिक भय र त्रासका कारण कति झगडिया त्यतिखेरै आत्तिएर भाग्दा रहेछन्।
बेलायत भ्रमणपछि मुलुकमा अदालतको महसूस गरेका जंगबहादुर राणापछिका धेरैको शासनकालमा न्याय निरुपण तन्त्रमन्त्र, तजबिज र पहुँचकै आधारमा हुन्थ्यो।
निसाफको अर्को तरिका भने रानीपोखरीमा लगी एक हातमा भण्डा दिई हाम्फाल्न लगाइँदो रहेछ। नडुब्ने बेकसुर, डुब्ने दोषी!

प्रतिक्रिया