राजनीति


प्रहरी घेराबाटै रविको प्रतिक्रिया- खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

प्रहरी घेराबाटै रविको प्रतिक्रिया- खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १८:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रहरी नियन्त्रणमा हुँदाहुँदै दोस्रोपटक प्रतिक्रिया दिएका छन्। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुन जाँदैगर्दा सञ्चारकर्मीसँग आफ्नो धारणा राखेका थिए।

त्यतिबेला उनलाई बोल्न दिएको भन्दै प्रशासनको आलोचनासमेत भएको थियो। 

मंगलबार लामिछानेलाई पोखराबाट बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि बुटवल लगिएको छ। मंगलबार बिहान बुटवल पुर्‍याइएका लामिछानेलाई दिनभर जिल्ला सरकारी वकिल कार्यालय परिसरमा प्रहरीकै अघि अर्को प्रतिक्रिया दिएका छन्। 

सरकारी वकिल कार्यालय अघि बसेका समर्थकलाई हात हल्लाउँदै उनले भनेका छन्, ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन के।’

उनलाई समर्थकले ‘रवि दाई चिन्ता नलिनुस्, हामी छौँ’ भन्दै ढाडस दिएका थिए। प्रहरीले भने उनलाई नबोल्न आग्रह गर्दै उनलाई भित्र धकेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad