राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाइँमा लड्ने प्रस्ट पारेको छ।
मंगलबार हिरासतमा लामिछानेसँग गरिएको अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गर्दै रास्वपाले यस्तो बताएको हो। साथै, लामिछाने हिरासतमा रहँदा हतास नदेखिएको पनि रास्वपाद्वारा प्रेषित सन्देशमा भनिएको छ।
‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन। तर सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन,’ रास्वपाले भनेको छ।
लामिछानेले हिरासतभित्रबाट आफूमाथि शुभेच्छा राख्ने सबैमाथि आभार सुनाइदिन पनि आग्रह गरेको रास्वपाले बताएको छ। सरकार र पुराना दलहरूका कारण नेपालमै केही गरौँ भन्ने सोच भएका नेपालीहरूमा पनि निराशा बढ्दै गएको रास्वपाले बताएको छ।
त्यस्तै, सभापति लामिछानेले आफू कानुनी लडाइँ लड्न सक्षम भएको पनि भेट्न पुगेका नेताहरूलाई बताएको रास्वपाले बताएको छ।
‘इतिहास साक्षी छ, देश होस् या व्यक्ति लडेरै माथि उठ्छ। अनि झुटा कुराको आयु जति नै लामो होस्, त्यसलाई सत्यले नै बदल्छ। यही विश्वासको जगमा टेकेर राज्य व्यवस्थाको शक्ति पृथकीकरणमा अझै पनि विश्वास गर्दै यो अन्यायविरुद्धको कानुनी लडाइँमा हाम्रा सभापति अटल, अडिग र अविचलित भएर लड्नुहुनेछ,’ रास्वपाले भनेको छ।
यस्तो छ रास्वपाको सन्देशः



Shares

प्रतिक्रिया