समाज


दीपक मनाङे डिल्लीबजार कारागार चलान, कति दिन बस्छन् कैद?

दीपक मनाङे डिल्लीबजार कारागार चलान, कति दिन बस्छन् कैद?

नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १४:४६, काठमाडौँ

ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन्।

मंगलबार काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। लगत्तै अदालतले उनलाई डिल्लीबजार कारागार पठाएको हो।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो। उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो।

मनाङेले यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने प्रहरीको अनुमान छ।

तर, जिल्ला अदालतले भने विस्तृत कैदी पुर्जी पछि दिने गरी अहिले कारागार पठाएको बताएको छ।

अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले नेपालखबरसँग भने, ‘सर्वोच्च अदालतबाट मिसिल प्राप्त भइसकेको छैन। पहिला भुक्तान भएको कटाएर बाँकी बेरूजु कैद असुल गर्नुपर्छ। त्यो हिसाब गरेर पछि विस्तृत कैदी पुर्जी दिने गरी अहिले डिल्लीबजार कारागार पठाएका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad