राजनीति


अख्तियारसम्बन्धी संशोधन विधेयक चाँडै संसदमा लैजान्छौँः सभापति खतिवडा

अख्तियारसम्बन्धी संशोधन विधेयक चाँडै संसदमा लैजान्छौँः सभापति खतिवडा

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १५:०, काठमाडौँ

राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने गरी तयारी थालेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

उनले बैठकमा विधेयकका बारेमा धेरै राम्रो छलफल भएको बताए। प्रदेशमा अख्तियार के गर्ने? बेनामे के गर्ने? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने? भन्नेबारेमा समिति स्पष्ट हुनुपर्ने जरुरी रहेको उनको भनाई थियो।

उनले भने, ‘अख्तियारका बारेमा आएका विधेयकको बारेमा हामीले रिटायर्डपछि लैजाने/नलैजाने एउटा छ। उपसमितिलाई पनि क्राइटएरिया भित्र पर्छ जस्तो लाग्छ। प्रदेशमा अख्तियार के गर्ने? बेनामे के गर्ने? नीतिगत भ्रष्टाचारको बारेमा के गर्ने? यसमा स्पष्ट हुनुपर्ने जरुरी छ। निजी क्षेत्रमा प्रवेशको कुरालाई हामीले एउटा टुंगोमा पुर्याइसकेका छौँ। अख्तियारमा मुद्दा परेको समयावधि कति समयभित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेका छौँ। एक पटक संशोधनकर्ता मान्य सदस्यहरुसँग अन्तिम पटक बसेर हामी यसलाई छिटो भन्दा छिटो यो विधेयक हामी संसदमा लैजाने प्रयासमा छौँ।’

उनले अख्तियारमा मुद्दा परेको समयावधि कति समय भित्र अन्त्य गर्ने भन्नेमा केन्द्रित भएर उपसमितिले छिटै प्रतिवेदन ल्याउने आशा गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad