राजनीति


मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि कांग्रेसबाट बलराम सरदार उम्मेदवार

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि कांग्रेसबाट बलराम सरदार उम्मेदवार

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १४:४४, काठमाडौँ

आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ। 

पालिका समितिले सिफारिस गरेर पठाएका १३ जनामध्यबाट उनलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बुले जानकारी दिए। 

जिल्ला कार्यसमितिले उम्मेदवार बनाउन चुनेका सरदार नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन्। यसअघि कांग्रेसबाटै निर्वाचित जय प्रकास गच्छदार थारुको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।

कांग्रेस, एमाले र माओवादी केन्द्र यसअघिका मुख्यप्रतिष्पर्धी थिए। थारु बस्तीको बाहुल्य क्षेत्र भएकाले यसपटक भने रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि टक्कर दिने ठानिएको छ। 

२०७९ को स्थानीय चुनावमा कांग्रेसका थारुले ७६०५ मत ल्याएर जितेका थिए। दोस्रो भएको एमालेका शिव नारायण माझी थारुले ६०९३ पाएका थिए। त्यस्तै माओवादी केन्द्रका उम्मेदवार विजय कुमार सरदारले २७२७ मत ल्याएका थिए। 

पालिकाको उपाध्यक्ष भने नेकपा एमालेले जितेको थियो। त्यस्तै पालिकाका ७ वडामध्य ५ मा एमाले बिजयी भएको थियो भने नेपाली कांग्रेस र माओवादी केन्द्रले एक/एक वडाध्यक्ष जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad