कारोबार


नेपाल एयरलाइन्स भैरहवाबाट दुबई उड्ने, राति साढे १० बजे उडान

नेपाल एयरलाइन्स भैरहवाबाट दुबई उड्ने, राति साढे १० बजे उडान

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १४:५२, काठमाडौँ

नेपाल एयरलाइन्सको जहाजले भैरहवाबाट दुबई उडान गर्ने भएको छ। 

वायुसेवा निगमले जारी गरेको उडान तालिकाअनुसार काठमाडौं–भैरहवा–दुबईमा उडान गर्ने भएको हो। 

काठमाडौंबाट भैरहवा राति ९ः३५ मा उडान गर्नेछ। भैरहवामा १०ः२५ मा अवतरण गरेर यात्रु राखी दुबईतर्फ उडान गर्नेछ। निगमले अहिले सिधा उडान नभई काठमाडौंबाट भैरहवा भएर उडान गर्दै छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थ स्तरोन्नति गर्ने भएसँगै ३० प्रतिशत उडान कटौती गरेको छ। प्राधिकरणले भैरहवा वा पोखराबाट अन्तर्राष्ट्रिय उडान थप गर्न आग्रह गरेको छ। 

अहिलेसम्म भैरहवाबाट नेपाल एयरलाइन्स, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा एयरले उडान गर्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad