राजनीति


भोलि नै बिदा हुन लागेकी किरण राणा एआईजीमा बढुवा, राति नै फूली लगाइदिने तयारी

भोलि नै बिदा हुन लागेकी किरण राणा एआईजीमा बढुवा, राति नै फूली लगाइदिने तयारी

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार २०:४६, काठमाडौँ

बुधबार बिदा हुन लागेकी प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण राणा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएकी छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले राणालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले निर्णय गरेलगतै प्रहरी प्रधान कार्यालयमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले राति नै उनलाई दर्ज्यानी चिन्ह प्रदान गर्न मातहतका निकायलाई प्रधान कार्यालयमा बोलाएका हुन्।

सिंहदरबारमा मन्त्रिपरिषद बैठक चलिरहँदा प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय भइसकेको थियो।

राणा प्रहरी सेवाबाट बुधबार नै अवकास हुने भएकी छन्। बिहीबार उमेर हदका कारण अवकास हुने राणालाई कात्तिक ४ गते बढुवा समितिले एआईजीमा सिफारिस गरेको थियो।

राणा आफूभन्दा अगाडीका डीआईजी बुद्धिराज गुरुङ र दुर्गा सिंहलाई उछिन्दै बढुवा भएकी हुन्। उनी अवकास भएर जाने भएकाले सिनियरलाई छाडेर बढुवा गरिएको थियो।

राणा भोलिदेखि नै बिदा हुने भएपनि विदाई कार्यक्रम भने तिहारपछि मात्रै गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ। दुई दिनपछि अर्का एआईजी रामदत्त जोशी पनि अवकास हुँदैछन्।

यस्तै १० गते नै अवकास भएका डीआईजी राजेशनाथ बास्तोलाको पनि बिदाई बाँकी छ। तीन जनाको एकसाथ बिदाई गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad