राजनीति


हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि आयोग गठन

हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि आयोग गठन

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार २०:४२, काठमाडौँ

सरकारले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरेको छ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्शालमा पदस्थापन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

उनअनुसार सरकारले प्राविधिक स्वास्थ्य समूहतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजूलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापन गरेको छ।

उनले भने, ‘प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्शालमा र प्राविधिक स्वास्थ्य समूहतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजूलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापन गर्ने। श्रीहरिप्रसाद रिजाल, प्युठानको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन भएको छ।’

सरकारले हरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad